काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन ६९ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।