काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७०३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५ र एन्टिजेन परीक्षणबाट १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा कोरोना परीक्षण गरिएको थियो।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यू भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको छ।
यस्तै ७६६ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख १९ हजार ५ सय ७५ पुगेको छ।
काठमाडौं उपत्यकामा ५ हजार २९९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार २७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका छन्।