काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण हुँदा ५० प्रतिशत बढीलाई संक्रमण पुष्टि भएको हो । ती मध्ये काठमाडौं उपत्यकामा ५३ सय ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ हजार ७६२, ललितपुरमा १ हजार ११० र भक्तपुरमा ४३४ जनालाई पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७०८ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।
केही दिनयता संक्रमण बढेपनि मृत्युसंख्या बढेको थिएन तर आज एकैदिन १६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अहिले सक्रिय संक्रमित ७२ हजार ८६२ जना छन् । यस्तै २४ घण्टामा १ लाख ९६ हजार ८५७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।