काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६४ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गरिएको थियो।
देशभर ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यू भएको छ । यस्तै १४१६ जना संक्रमणबाट मुक्त भएका छन्।