Logo

सोमवार, श्रावण २५ गते २०८३

images

टेकु अस्पतालमा खोप अभियान स्थगित

टेकु अस्पतालमा खोप अभियान स्थगित

दैनिकी न्यूज

९, माघ २०७८
टेकु अस्पतालमा खोप अभियान स्थगित
images

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान एक हप्ताका लागि स्थगित गरिएको छ ।

अस्पतालका निर्देशक डा. मनिषा रावलले अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले स्थगित गर्नुपरेको बताए । उनका अनुसार भोलि माघ १० देखि माघ १६ गतेसम्म खोप अभियान स्थगित गरिएको हो ।

अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुष्टर डोज उपलब्ध गराउँदै आएको थियो ।

images
प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - २०:०९:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology