Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, माघ २०७८
आज देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ८ हजार ५४ र एन्टिनेज परीक्षणबाट २२६५ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा २१ हजार २०१ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १६ हजार ६५४ पीसीआर र ४ हजार ५४७ एन्टिजेन परीक्षण भएको छ ।

२३ घण्टामा २५४० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

परीक्षण बढ्पछि नयाँ संक्रमितको संख्या पनि बढेको छ । अघिल्लो दिनको तुलनामा कोरोनामुक्त हुनेको संख्या पनि बढिरहेको छ ।

images
प्रकाशित मिति :माघ १०, २०७८ सोमवार - १७:२६:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology