Logo

सोमवार, श्रावण २५ गते २०८३

images

२४ घण्टामा थपिए ८ हजार ४५४ कोरोना संक्रमित, ५ को मृत्यु

२४ घण्टामा थपिए ८ हजार ४५४ कोरोना संक्रमित, ५ को मृत्यु

दैनिकी न्यूज

१२, माघ २०७८
२४ घण्टामा थपिए ८ हजार ४५४ कोरोना संक्रमित, ५ को मृत्यु
images

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५४९ जनामा परिक्षण गर्दा उक्त संख्यामा कोरोना संकमित थपिएको जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ५हजार ५सय ७१ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २हजार ८सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।

।यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६१ लाख ११ हजार २१३ जनाको परीक्षण भएकामा जम्मा १० लाख ५४ हजार ८८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन् । यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ ।

images
प्रकाशित मिति :माघ १२, २०७८ बुधवार - १८:३५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology