Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

अर्बको ऋणः लिने फरार, दिने चुपचाप

अर्बको ऋणः लिने फरार, दिने चुपचाप

दैनिकी न्यूज

१४, माघ २०७८
अर्बको ऋणः लिने फरार, दिने चुपचाप
images

काठमाडौं । लामो समयदेखि महँगा विदेशी मदिराको कारोबार गर्दै आएको व्यापारिक घराना ओमप्रकाश अग्रवालको परिवार नै झन्डै एक महिनादेखि फरार छन् । काठमाडौँको दरबारमार्ग र कान्तिपथमा ग्रिन लाइन सेन्टर प्रालिको नाममा २५ वर्षदेखि व्यवसाय गर्दै आएको अग्रवाल परिवार विभिन्न बैङ्कबाट लिएको करिब एक अर्ब ऋण नतिरी फरार भएको हो ।

अग्रवाल परिवारको नाममा एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, मेगा बैङ्क र ग्लोबल आईएमई बैङ्क गरी चारवटाबाट मात्र ८० करोड रुपियाँभन्दा बढीको ऋण छ । अग्रवाल परिवारले त्यसअघि पनि ठूलो परिमाणमा सहकारी तथा व्यक्तिगतसमेत गरी अर्बसम्म ऋण रहेको अनुमान छ । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - ०६:३९:४६ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # ऋण

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology