Logo

सोमवार, श्रावण २५ गते २०८३

images

खोपको मौज्दात विवरण पठाउन मन्त्रालयको निर्देशन

खोपको मौज्दात विवरण पठाउन मन्त्रालयको निर्देशन

दैनिकी न्यूज

१७, माघ २०७८
खोपको मौज्दात विवरण पठाउन मन्त्रालयको निर्देशन
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण पठाउन निर्देशन दिएको हो । सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटा जिल्ला स्वास्थ्य कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई खोप मौज्दातको विवरण र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले २४ लाख डोज खोप हराएपछि छानबिनका समिति गठन गरेको छ । सो समितिको बैठकले खोप र खोप लगाउनेहरूको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - १७:०९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology