Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

खोपको मौज्दात विवरण पठाउन मन्त्रालयको निर्देशन

खोपको मौज्दात विवरण पठाउन मन्त्रालयको निर्देशन

दैनिकी न्यूज

१७, माघ २०७८
खोपको मौज्दात विवरण पठाउन मन्त्रालयको निर्देशन
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण पठाउन निर्देशन दिएको हो । सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिइएको छ ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटा जिल्ला स्वास्थ्य कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई खोप मौज्दातको विवरण र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले २४ लाख डोज खोप हराएपछि छानबिनका समिति गठन गरेको छ । सो समितिको बैठकले खोप र खोप लगाउनेहरूको विवरण संकलन गर्ने निर्णय गरेको हो ।

images
प्रकाशित मिति :माघ १७, २०७८ सोमवार - १७:०९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology