Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, माघ २०७८
आज देशभर ५५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५ सय ८३ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३ हजार ६५७ र एन्टिनेज परीक्षणबाट १९२६ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा १७ हजार ६७४ कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसमा १० हजार ७७६ पीसीआर र ६ हजार ८९८ एन्टिजेन परीक्षण भएको छ ।

यस आँकडामा एसएमएस तथा इमेलबाट आएका एन्टिनेज परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ८२६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - २१:४१:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology