काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ३७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२ सय ५ र एन्टिजेन परीक्षणबाट १४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ ।
यस अवधिमा ११ हजार ५८२ परीक्षण भएको छ ।यसमा पीसीआर परीक्षण ६ हजार ४९९ र एन्टिजेन परीक्षण ५ हजार ८३ भएको छ । २४ घण्टामा ७५ सय ५५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १२ छ ।