Logo

सोमवार, श्रावण २५ गते २०८३

images

घट्यो कोरोना संक्रमणदर

घट्यो कोरोना संक्रमणदर

दैनिकी न्यूज

२०, माघ २०७८
घट्यो कोरोना संक्रमणदर
images

काठमाडौं । एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११।.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् ।

नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - ०७:२५:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology