Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३१ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ को मृत्यु

आज देशभर ३१ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ को मृत्यु

दैनिकी न्यूज

२०, माघ २०७८
आज देशभर ३१ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १४ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१ सय ७५ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २७ सय ४२ जना तथा एन्टिजेनबाट ४ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ६३ हजार २९६ सक्रिय संक्रमित रहेका छन्।

यस्तै काठमाडौं उपत्यकामा १५ सय ९ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १२ सय ४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ संंक्रमित थपिएका हुन्। काठमाडौं उपत्यकामा ३५ हजार ७४८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१ हजार ७३६, ललितपुरमा ९ हजार ३६० र भक्तपुरमा ४ हजार ६५२ सक्रिय संक्रमित छन्।

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - १७:३१:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology