Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशभर कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु, २५ सय २६ मा संक्रमण पुष्टि

देशभर कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु, २५ सय २६ मा संक्रमण पुष्टि

दैनिकी न्यूज

२१, माघ २०७८
देशभर कोरोना भाइरस संक्रमणबाट १६ जनाको मृत्यु, २५ सय २६ मा संक्रमण पुष्टि
images

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट १६ जनाको मृत्यु भएको छ । संक्रमण घट्दै गए पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन ।

बिहीबार नेपालका कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ ।

संक्रमण भने निरन्तर ओरालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ८ हजार ४ सय २५ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ ।

२४ घण्टामा ५ लाख १३ हजार ५१ जनाले खोप लगाएका छन् ।

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - २०:३२:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology