Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

आज देशभर १७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

दैनिकी न्यूज

२२, माघ २०७८
आज देशभर १७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु
images

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ८ हजार ५१३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट ११०३ र एन्टिजेनबाट ६११ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा निको हुनेको संख्या भने ४ हजार ७ सय ७१ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५२ हजार ७ सय ८० रहेको छ ।

२४ घण्टामा ९ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले खोप लगाएका छन् ।

images
प्रकाशित मिति :माघ २२, २०७८ शनिवार - १७:४१:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology