Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२३, माघ २०७८
आज देशभर १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना पुष्टि भएको हो।

९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

६४ सय ४३ जनाको पिसिआर गर्दा ११ सय ८३ जना र २८ सय ८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा ४५ हज २४८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्।

यसको संक्रमणबाट थप ११ जनाको मृत्यू भएको छ ।

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - १६:३९:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology