Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बालबालिकालाई आजदेखि फाइजर खोप

बालबालिकालाई आजदेखि फाइजर खोप

दैनिकी न्यूज

२४, माघ २०७८
बालबालिकालाई आजदेखि फाइजर खोप
images

काठमाडौँ । काठमाडौँमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको बताउए ।

उनले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको जानकारी दिए ।

हरेक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले भने, “कुन विद्यालयमा कहिले खोप लगाउने टुङ्गो काठमाडौँ महानगरपालिका र अन्य नगरपालिकाहरूले गर्नेछन् ।” काफ्लेले काठमाडौँमा यसअघि दुई लाख सात हजार जना १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूले खोप लगाएको जानकारी दिँदै अब दोस्रो चरणको खोप पनि उनीहरूलाई लगाइने बताए ।

गत पुस २७ गतेदेखि सञ्चालन भएको फाइजर खोप अभियानमा खोप लगाएका १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइनेछ । यसरी खोप लगाउनका लागि पहिलो पटक लगाएका खोपको कार्ड लिएर जानुपर्नेछ ।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - ०७:२६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology