Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

आज देशभर १५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

दैनिकी न्यूज

२४, माघ २०७८
आज देशभर १५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टाभि देशभर १५ सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ३६५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार १०२२ पिसिआर परीक्षणबाट र ५४८ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ६१४६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ४० हजार १११ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।

images
प्रकाशित मिति :माघ २४, २०७८ सोमवार - २०:१३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology