Logo

आइतवार, श्रावण २४ गते २०८३

images

डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

दैनिकी न्यूज

१३, भाद्र २०८०
डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो
images

काठमाडौं । डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २० हजार १४५ जनामा पुष्टि भएको छ।

अहिलेसम्म १३ जना सङ्क्रमितको मृत्यु भएको डा। दाहालले जानकारी दिनुभयो। पछिल्ला कहीँ वर्षदेखि डेंगु सङ्क्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिँदै आएको छ।

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि सङ्क्रमण दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिने चिकित्सक बत्ताउँछन्।

यो वर्ष जुलाईबाट बढ्न थालेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिनासम्म उच्च विन्दुमा पुग्ने केन्द्रले प्रक्षेपण गरेको छ। डेंगुको जोखिम कायम नै रहेकोले सचेत रहन चिकित्सकको सुझाव छ। पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा पनि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

धरान सेरोटाइप्स एक र तीन पुष्टि
सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार डेंगस सेरोटाइप्स भनेको कुनै पनि सूक्ष्म जीवको विभिन्न प्रकार वा प्रजातिहरूको वर्गीकरण हो। डेंगु सेरोटाइप्स चार प्रकारका हुन्छन्।

नेपालमा हाल डेंगुका चार वटा ‘सेरोटाइप्स’ पुष्टि भएका छन्। डा। दाहालका अनुसार यो वर्ष धरानमा सेरोटाइप्स एक र तीन र धार्दिङमा सेरोटाइप्स दुई पुष्टि भएको छ। देशैभरि एक र दुई सेरोटाइप्सबाटबाट धेरै जना बिरामी भएको महाशाखाले जनाएको छ।

नेपालमा डेंगु सङ्क्रमण सन् २००१ बाट फैलन सुरु गरेको हो। सोही समयदेखि डेंगु महामारीको रूप फैलने गरेको छ।

सन् २०१९ धरान र सन् २०२२ मा काठमाडौँ उपत्यकामा डेंगुले महामारीको रूप लिएको थियो। सन् २०१९ मा १७ हजार भन्दा बढी र सन् २०२२ मा ५४ हजार भन्दा बढीमा डेंगु पुष्टि भएको थियो। गत वर्ष काठमाडौँ उपत्यमापनि सेरोटाइप्स एक र तीन सेरोटाइप्स पुष्टि भएको थियो।

यो खबर आजको गोरखापत्र दैनिका छापिएको छ ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०६:४६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology