Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्युठानमा एक बालिकामा डेङ्गु सङ्क्रमण

प्युठानमा एक बालिकामा डेङ्गु सङ्क्रमण

दैनिकी न्यूज

२, आषाढ २०७७
प्युठानमा एक बालिकामा डेङ्गु सङ्क्रमण
images

प्युठान । प्युठान नगरपालिका – ६ की एक ६ वर्षीयामा डेङ्गु सङ्क्रमण देखिएको छ । बिरामी भएर अस्पताल आएकी बालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । बालिकाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि आज बुटवल सिफारिश गरिएको अस्पतालले जनाएको छ ।

गत वर्ष असोजमा एक र कात्तिकमा दुई गरी तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी राजन केसीले जानकारी दिए । मौसम परिवर्तनसँगै पहाडी जिल्लामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेकाले वातावरणीय सरसफाइमा विशेष ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले आग्रह गरे । रासस

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - २०:५७:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology