काठमाडौं । बिहीबार विभिन्न प्रयोगशाला ६ हजार ६२२ वटा पिसिआर परीक्षण गर्दा थप ३६० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै नेपालमा २१ हजार ७५० जना कोरोना संक्रमित भएका छन् ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका ७६ र ललितपुर १०, भक्तपुरका १ जनासहित ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ६ हजार २ सय ९६ जनाको उपचार भइराखेको छ । क्वारिन्टिनमा ९ हजार २९६ जना रहेका छन् । हालसम्म ४ लाख १९ हजार ५७५ जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।
गत २४ घण्टाभित्र २३३ जना निको भई घर फर्किएका छन् । हालसम्म १५ हजार ३८९ जना उपचार गरी घर फर्किएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६५ जनाको मृत्यु भएको छ ।