Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

२३, श्रावण २०७७
पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण
images

काठमाडौँ।  नेपालमा पछिल्लो २४ घण्टामा ४६४ संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार शुक्रबार  ४६४ संक्रमित थपिएका हुन् । त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ४२५ जना डिस्चार्ज भएका छन् भने  देशभरमा सक्रिय संक्रमितको ६ हजार ३३० संख्या रहेको छ ।

बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए ।


प्रदेश १ मा ४२५ , प्रदेश २ मा २ हजार ८३९ , वागमती प्रदेशमा ९४३ , गण्डकी प्रदेशमा २७६ , प्रदेश ५ मा २७६ , कर्णलाी प्रदेशमा २३१ र सुदूरपश्‍चिममा एक हजार २४० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ४२५ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १५ हजार ८१४ जना डिस्चार्ज भएका छन् ।






हालसम्म देशभरका क्‍वारेन्टिनमा १० हजार २०७ मानिसहरु रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - १८:०५:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology