Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज काठमाडौंका ५६, ललितपुर/भक्तपुरका ३/३ जना सहित थपिए ३७८ जना कोरोना संक्रमित

आज काठमाडौंका ५६, ललितपुर/भक्तपुरका ३/३ जना सहित थपिए ३७८ जना कोरोना संक्रमित

दैनिकी न्यूज

२४, श्रावण २०७७
आज काठमाडौंका ५६, ललितपुर/भक्तपुरका ३/३ जना सहित थपिए ३७८ जना कोरोना संक्रमित
images

काठमाडौं । शनिबार विभिन्न प्रयोगशालामा ७ हजार ७८८ वटा पिसिआर परीक्षण गर्दा थप ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका ५६ र ललितपुरका ३, भक्तपुरका ३ जनासहित ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ६ हजार २ सय ६ जनाको उपचार भइराखेको छ । क्वारिन्टिनमा १० हजार ७९२ जना रहेका छन् । हालसम्म ४ लाख ३५ हजार २८९ जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।

गत २४ घण्टाभित्र ४९९ जना निको भई घर फर्किएका छन् । हालसम्म १६ हजार ३१६ जना उपचार गरी घर फर्किएका छन् ।

गत २४ घण्टाभित्र ३ जनाको मृत्यू भएको छ । पर्साका ७४ वर्षका पुरुष, मोरङका ५८ वर्षको पुरुष र काठमाडौंका ४१ वर्षको महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ७३ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १६:२६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology