Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज काठमाडौं उपत्यकाका ९२ जना सहित थपिए ३८० कोरोना संक्रमित

आज काठमाडौं उपत्यकाका ९२ जना सहित थपिए ३८० कोरोना संक्रमित

दैनिकी न्यूज

२५, श्रावण २०७७
आज काठमाडौं उपत्यकाका ९२ जना सहित थपिए ३८० कोरोना संक्रमित
images

काठमाडौं । आइतबार ३७ वटा प्रयोगशालामा ८ हजार ५१५ वटा पिसिआर परीक्षण गर्दा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका ९० र ललितपुरका २ जनासहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ६ हजार ५ सय ४४ जनाको उपचार भइराखेको छ । क्वारिन्टिनमा ११ हजार ३८ जना रहेका छन् ।

गत २४ घण्टाभित्र ४० जना निको भई घर फर्किएका छन् । हालसम्म १६ हजार ३३५३ जना उपचार गरी घर फर्किएका छन् ।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार आइतबार थप दुई जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या ७५ पुगेको हो। 

कास्कीको पोखरा महानगरपालिका–१९ वस्ने ६२ वर्षीया एक पुरुष २४ गते राति साढे ११ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। 

उनी मधुमेहका रोगी  थिए। उनलाई साउन १७ गते कोभिड पुष्टि भएपछि सोही दिन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।  त्यसैगरी पर्सा जिल्ला विरगंज महानगरपालिका- २ बस्ने २० वर्षीया एक महिलाको मिति २०७७ साउन २४ गते  बिहानको राति मृत्यु भएको हो। 

हाइपो–थाइरोडिजमकी विरामी उनलाई नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत्यु भएको बताइएको थियो। मृत्यु पश्चात स्वाब लिएर गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो। उनमा साउत २५ गते कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

images
प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - १६:२७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology