काठमाडौं । सोमबार विभिन्न वटा प्रयोगशालामा ८ हजार ४३२ वटा पिसिआर परीक्षण गर्दा थप ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३३८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका ३६, ललितपुरका ४ र भक्तपुरका ४ जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ६ हजार ७ सय ३८ जनाको उपचार भइराखेको छ । क्वारिन्टिनमा १० हजार ७५९ जना रहेका छन् ।
गत २४ घण्टाभित्र १४० जना निको भई घर फर्किएका छन् । हालसम्म १६ हजार ७९३ जना उपचार गरी घर फर्किएका छन् ।
आज कोरोना भाईरसको संक्रमणबाट ४ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा बाँकेका ७० वर्षका महिला, पर्साका ४५ वर्षका महिला, काठमाडौंका ७६ वर्ष र ६४ वर्षको पुरुषको निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।