Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ सहित ६३८ जना कोरोना संक्रमित थपिए

मंगलबार काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ सहित ६३८ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२७, श्रावण २०७७
मंगलबार काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ सहित ६३८ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । मंगलबार विभिन्न वटा प्रयोगशालामा १० हजार ४६२ वटा पिसिआर परीक्षण गर्दा थप ६३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जनासहित १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल आइसोलेसनमा ७ हजार २ सय १ जनाको उपचार भइराखेको छ ।

गत २४ घण्टाभित्र १७१ जना निको भई घर फर्किएका छन् । हालसम्म १६ हजार ६६४ जना उपचार गरी घर फर्किएका छन् । हालसम्म १८३ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् । हालसम्म पिपिआरबाट ४ लाख ६२ हजार ६९८ जनाको परीक्षण गरिएको छ ।

आज कोरोना भाईरसको संक्रमणबाट ४ जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा धनुषाका ६० वर्षका र ५० वर्षको पुरुष रहेका छन् । त्यस्तै काभ्रेका ५० वर्षको महिला र सिन्धुपाल्चोकका ८४ वर्षको पुरुषको निधन भएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १६:३९:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology