Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ७ सय २२ जना कोरोना संक्रमित थपिए, ३ को मृत्यु

आज ७ सय २२ जना कोरोना संक्रमित थपिए, ३ को मृत्यु

दैनिकी न्यूज

७, पौष २०७७
आज ७ सय २२ जना कोरोना संक्रमित थपिए, ३ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय २२ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। नयाँ संक्रमित हुनेमा ३१० महिला र ४१२ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ।

आज ७ हजार स्वाबको पीसीआर परीक्षण गराउँदा ७२२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै मंगलबार ९ सय ६६ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल सात हजार ७२९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७२९ पुगेको मन्त्रालयले जनाएको छ। कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय ९८ पुगेको छ।

यस्तै अहिले ४१३ जना क्वारेन्टिन र ७ हजार ७२९ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :पौष ७, २०७७ मंगलवार - १६:३७:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology