Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ४ सय ८१ जनामा कोरोना संक्रमण

आज ४ सय ८१ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

१२, पौष २०७७
आज ४ सय ८१ जनामा कोरोना संक्रमण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ।

पछिल्लो २४ घण्टामा ७३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ पुगेको छ।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १६:२८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology