Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, फाल्गुण २०७७
आज थप ८८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६ जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पुरुष ५७ र महिला ३१ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकाका मात्र ५४ जना छन् । १७ महिला र ३७ पुरुष गरेर उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ भने २ लाख ६९ हजार ७५५ जना डिस्चार्ज भएका छन् । १५ सय ३५ जना सक्रिय संक्रमित भएको नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलो ७१ जना क्वारेन्टाइनमा छन्।

images
प्रकाशित मिति :फाल्गुण ८, २०७७ शनिवार - १८:१७:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology