Logo

आइतवार, श्रावण २४ गते २०८३

images

थाहामा व्यावसायिक खेति तर्फ बढ्दोे आकर्षण

थाहामा व्यावसायिक खेति तर्फ बढ्दोे आकर्षण

दैनिकी न्यूज

१२, भाद्र २०७८
थाहामा व्यावसायिक खेति तर्फ बढ्दोे आकर्षण
images

राजु पोखरेल/मकवानपुर । आफ्ना पुर्खाले गर्दै आएको पेसा गर्न हामी लजाउछौ तर थाहा नगर २ पालुङका किसान उमेश श्रेष्ठसँग फरक अनुभव छ, कृषी पेशा आफ्नो पुर्खेउली पेशा हो, यही अंगालेको छु, सुखी,खुसी र सन्तुष्ट छु पेशा गर्न कहिल्यै लजाइन ।

कृषीलाई पुर्खेउली पेशा ठान्ने श्रेष्ठ लामो समयदेखि कृषी पेशामा आबद्ध भए पनि व्यावसायिक खेतिमा लाग्नु भएकोे भने ५ वर्ष भयो । व्यावसायिक खेती शुरु गरेदेखि अन्य पेशा व्यावसाय भन्दा कृषीबाटै राम्रो आम्दानी भईरहेका कारण कृषीमै आकर्षित भएको बताउनु हुन्छ ।

थाहा २ फाँटबजारमा १२ रोपनी जग्गामा खेति गर्दै आउनु भएका श्रेष्ठले व्यावसायिक खेतीको विषयमा बुझेपछि अहिले यसैमा आफुसहित परिवार दृढताको साथ लागिपरेको बताउनु हुन्छ । कृषीकै आम्दानीबाट ६ जनाको परिवार सन्तुष्टसँग बसेको अनुभव उहाँसँग छ ।

श्रेष्ठको दृढता कृषीमा व्यावसायिकिकरण
कृषीमा व्यावसायिकरण गर्न सके आम्दानी राम्रो लिन सकिने देखेर श्रेष्ठले टनेलमा खेती गर्न थाल्नु भएको ५ वर्ष भयो । १२ रोपनी जग्गामा अहिले १९ वटा टनेल हालेर खेति गरिरहनु भएकोे छ । टनेलको खेति सामान्यभन्दा राम्रो हुने अनुभव उहाँ सँग छ । अहिले रातो पहेलो जातका र हरियो भेडे खोर्सानीले राम्रो आम्दानी दिने भएकाले करिव ८ हजार ५ सय विरुवा हुर्किएका छन् । एउटा बोटबाट सामान्य अवस्थामा २ देखि ३ के.जी. फल्ने भएकाले यस वर्ष १५ लाख भन्दा बढी नाफा हुनेमा ढुक्क भएको बताउनु हुन्छ ।

takarai kheti 1.jpg

टनेलमा यो वर्ष रायो साग फस्टाएको छ । काउली, बन्दा, पिरो खोर्सानी, करेला लटरम्मै छन् । त्यसबाट पनि राम्रै आम्दानी हुने विश्वास छ ।

कृषि क्षेत्रको आधुनिकीकरण भन्ने कुरा सरकारको नीति तथा कार्यक्रम अनि पाटीका घोषणा–पत्र र नेताहरुको भाषणमा सीमित भएको छ । कृषि क्षेत्रको विकासको गति ओरालो लाग्ने क्रममा बढिरहेकाले ठूलो संख्यामा युवाहरु कामको खोजीमा बिदेशिरहेका छन् । जसको कारण कृषी पेशामा आकर्षण जुट्न सकेको छैन ।

कृषी पेशा सन्तुष्टि र रोजगार
उमेश श्रेष्ठको ६ जनाको परिवार कृषीमा आवद्ध छ । श्रीमती सर्मिला श्रेष्ठ पनि वैदेशिक रोजगार र अन्यत्रको जागिर भन्दा सँगै बसेर गरेको यही पेशा बाट सन्तुष्ट हुनुहुन्छ । कक्षा ११ र कक्षा ८ मा अध्ययनरत २ छोरा पनि व्यवसायिक कृषीमा आकर्षित छन् । पढाई बाहेकको समय खेतवारीमै हुन्छन् यो अहिलेका पुस्तालाई सिक्ने सिकाई पनि हो । यस सँगै अन्य ३/४ जानलाई नियमित रोजगारी पनि दिनु भएको छ ।

अहिले कृषि पेशामा लागेका कृषकको कृषिप्रति रुचि घट्दै गएको पाइन्छ । धेरैको लागि बाध्यात्मक पेशा जस्तो बनेको छ । जमिनको स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन् । जसले गर्दा जमिन हुने मात्र होइन जमिन नहुनेहरु पनि अर्काको जमिनमा खेती गरेर फाइदा नहुने देखी विस्तारै वैदेशिक रोजगारीमा जान थालेपनि कोरोनाको कहरले बेरोजगारी भएकाहरु खेति गरेर राम्रै आम्दानी गर्न सकिन्छ भनेर हौसियका छन् । यसलाई राज्यले व्यवस्थापन गर्न सके हामी कृषीमा आत्मनिर्भर बन्न सक्छौं ।

मल खाद र बिउ बिजन सुलभ कहिले पाईएला ?
गतसाल मलका लागि बोरा बोकेर लाईन बसेको अनि काउली रोपेर नफुलेको ईतिहाँस झल्झली सम्झदै अब त्यो नदोहोरिए हुन्थ्यो भन्ने सम्झदै उन्नत जातको बीउ पाइन्न, आवश्यक पर्दा मल पनि यो आफु जस्ता सबै किसानको दुर्भाग्य भएको श्रेष्ठ बताउनु हुन्छ । आवश्यकता अनुसार मल र बिउविजन नपाउनु किसानका लागि सबै भन्दा दुःखको कुरा भएको भन्दै यसको सुनिश्चितता भए लगानिको प्रतिफल सुनिश्चित हुने बताउनु हुन्छ ।

नेपाल कृषिप्रधान देश त हो, यहाँ कृषिका अनेकौ सम्भावनाहरु छन् तर नामका मात्र हल्लाल्ला सरकारी निकायका नीति कार्यक्रम अनि अभिलेखमा मात्र सीमित भैरहेका छन् ।

सरकारले नीति अनुसार जिम्मेवारी चाँहि कहिले लिने ?
बजार नपाउदा यो वर्ष मात्र श्रेष्ठले १० टन मुला फाल्नु प¥यो । यस्ता समस्या यो वर्ष मात्र पनि होईन । यो वर्षको सुरुवातमा काउली खेरै गयो । जीवनभरको कमाई र श्रमलाई चुनौति मोलेर खेतिमा लगानी ग¥यो विक्री नभएर चुर्लुम्म हुँदा किसान रोएर बस्नु पर्ने अनि राज्य रमिते बनिरहने परम्परा कहिले हट्छ भन्ने उनको मनमा सधै आँउछ तर सरकारले उत्पादनमा जस लिने बजार र क्षयमा जिम्मेवारी नलिदासम्म किसान कृषीमा आकर्षित नहुने अनुभव बताउनु हुन्छ ।

१९ वटा टनेल निर्माण गर्दा करिब प्रति टनेल निर्माण लागत ३० हजार लाग्छ तर त्यस मध्ये ५ वटा टनेल कृषी आधुनिकिरण परियोजान जोन बाट ५० प्रतिशत अनुदान पाएको र अन्य कुनै सहयोग नपाएको अनुभव पनि उहाँ सँग छ ।

कृषिबाट उत्पादन भएका बस्तुहरु व्यवस्थित बजारको अभावले सस्तोमा बेच्न बाध्य हुनु परेको छ भने तरकारीहरु विक्री नभएर कुहिएर फाल्नु परिरहेको अवस्था छ । व्यवसायिक कृषि गर्ने किसानहरु ऋणमा डुविरहेका छन् । आयातित तरकारी र फलफूल निर्वाध रुपमा बजारमा विक्री भइरहदा स्वदेशी उत्पादनको बजार व्यवस्थापन कमजोर छ । यसको व्यवस्थापन सरकारले गरे कृषीमा सबै हौसिन्छन् ।

‘नेपालमा सरकारको पक्षबाट कृषि कै लागि भनेर कृषि कर्जा उपलब्ध गराइए पनि लागु भने नभएको उनकै अनुभवले बताउछ । कृषिको लागि आएको अनुदान आफ्नाले मात्र पाउनेमा उनी गुनासो गर्छन्।् । जो असली किसान हो उनीहरुले अनुदानको ‘अ’ पनि पाउदैनन् । कृषि क्षेत्रमा यस्ता राम्रा भन्दा हाम्रालाई कृषि अनुदान दिन नहुने उनको भनाई छ ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - ११:४४:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology