Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तलब नपाएपछि प्यारागन स्कुलमा तालाबन्दी

तलब नपाएपछि प्यारागन स्कुलमा तालाबन्दी

देवीदत्त पौडेल

२०, मंसिर २०७८
तलब नपाएपछि प्यारागन स्कुलमा तालाबन्दी
images

काठमाडौं । नेपाल शिक्षक महासंघले राजधानीको गौशाला स्थित प्यारागन आवासीय मा. बि. को अफिसमा तालाबन्दी गरेको छ। बिगत २ बर्षदेखि शिक्षक कर्मचारीहरूलाई तलब सुबिधा नदिएको र कयन शिक्षकहरूलाई बिनाकारण निष्कासन गरेको, वार्तामा बसेर समस्या समाधान गर्न पटकपटक गरेको आव्हानलाई समेत बेवास्ता गरेकोले ताला लगाउनु परेको नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य देवीदत्त पौडेलले बताउनुभएको छ ।

महसंघका अध्यक्ष कमला तुलाधर सहअध्यक्ष पूर्णप्रसाद दवाडी महासचिव लक्ष्मीकिशोर सुवेदी सचिब झम्क चौलागाईं तथा इस्टु काठमाडौं जिल्ला अध्यक्ष सुरेश भट्ट र सचिव भूपाल उप्रेतीसहित बिहान ११ बजे विद्यालय प्रशासनसँग छलफल गर्न गए पनि विद्यालय प्रशासन संवादका लागि तयार नभएपछि ताला लगाउन बाध्य भएको जानकारी महासंघका केन्द्रीय सचिव झम्क चौगागाईँले गराउनुभएको छ । यस अगाडि पनि दर्जनौँ पटक भेट्न जाँदा पनि भेट नदिने र फोन गर्दा पनि नउठाउने गरेको आरोप महासंघले लगाएको छ ।

बिगतमा पनि पटकपटक समस्या उत्पन्न भएको सो विद्यालयले १ दर्जन बढी शिक्षकहरूलाई लामो समयदेखि कक्षा र तलब सुबिधा समेत नदिइ राखेकोमा यहि मङ्सिर १ गते विद्यालय भौतिकरूपमा खुलेसंगै उहाँहरूलाई निस्काशन गरेको जानकारी गराएको थियोे ।

images
प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - १७:५९:१९ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology