Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

बुधबार बढ्यो सुनचांदीको मूल्य

बुधबार बढ्यो सुनचांदीको मूल्य

दैनिकी न्यूज

२२, मंसिर २०७८
बुधबार बढ्यो सुनचांदीको मूल्य
images

काठमाडौँ। आज बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । यस दिन सुन प्रति तोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस दिन छापावाल सुन प्रतितोला ५०० रुपैयाले बढेर ९२ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको भाउ पनि बढेको भएको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार भने चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ रहेको थियो ।

images
प्रकाशित मिति :मंसिर २२, २०७८ बुधवार - १३:५०:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology