Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शिक्षा क्षेत्रको सुधार गर्छु: शिक्षामन्त्री पौडेल

शिक्षा क्षेत्रको सुधार गर्छु: शिक्षामन्त्री पौडेल

दैनिकी न्यूज

४, पौष २०७८
शिक्षा क्षेत्रको सुधार गर्छु: शिक्षामन्त्री पौडेल
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२ औं वार्षिकोत्सव एवम् छैठौं महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएको हो ।

‘सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले हुँदैन,’ मन्त्री पौडेलले भने, ‘शिक्षक, विद्यार्थी र तीनै तहका सरकार मिलेर शिक्षामा गुणस्तर बढाउनुपर्छ ।’

उनले उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएको चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित नगरे उत्पादन जनशक्ति देश बाहिर जाने बताए ।

‘शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएका समस्याहरु छन्’, यसको क्रमशः हल गर्ने बाटोमा सरकार लागेको छ,’ उनले भने, ‘सघीय शिक्षा ऐन जारी गर्ने प्रक्रियामा प्रवेश गरेका छौं ।’

शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका समस्याहरु धेरै हल हुने उहाँले विश्वास व्यक्त गरे । मन्त्री पौडेलले सिकेको ज्ञानलाई सीपमा र सीपलाई व्यवहारिक ज्ञानमा उतार्नुपर्नेमा जोड दिए । विद्यार्थीहरु नै राष्ट्र निर्माणका पहरेधार भएको बताउँदै मन्त्री पौडेलले विद्यार्थीलाई लगनशील हुन आग्रह गरे ।

 

images
प्रकाशित मिति :पौष ४, २०७८ आइतवार - ०७:५२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology