वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १ सय २५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ।
महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो।
महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालय छन्। जसमा करिब ८ सय शिक्षक कार्यरत छन्।
विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन शिक्षकको सरुवा र पदस्थापन गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। रासस