Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !

कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !

दैनिकी न्यूज

१३, पौष २०७८
कक्षा १ देखि १२ सम्म एकरूपता : अब ३५ नआए फेल !
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब परीक्षामा उत्तीर्ण हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको ०७२ सालदेखि कार्यान्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइस्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रले अक्षराङ्कका पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यान्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।  

नयाँ व्यवस्थाअनुसार अब विद्यार्थीको मूल्यांकन कक्षा १ देखि १२ सम्म एकरूपता कायम गरेको उनले जनाए। आठवटा श्रेणीमा वर्गीकृत ग्रेडिङ प्रणालीमा ९० र सो भन्दामाथि अंक प्राप्त गर्नेले स्तरीकृत अंक ४.० प्राप्त गर्नेछन् भने अक्षरमा ए प्लस र उपलब्धिस्तर सर्वोत्तम कायम हुनेछ।

८० र सोभन्दा माथि ९० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत ३।६ र अक्षरमा उपलब्धिस्तर ए प्राप्त गर्नेछन्। यी समूहका विद्यार्थीको उपलब्धिस्तरको व्याख्या अत्युत्तम हुनेछ। ७० र सोभन्दा माथि ८० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक ३.२ र अक्षरमा उपलब्धिस्तर बी प्लस कायम हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्कृष्ट कायम हुनेछ।

६० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक २.८ कायम हुने र अक्षरमा उपलब्धि बी हुनेछ भने उपलब्धिस्तरको व्याख्या उत्तम हुनेछ। ५० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.४ कायम हुने अक्षरमा उपलब्धि सी प्लस र उपलब्धिस्तरको व्याख्या सन्तोषजनक कायम हुनेछ।

४० र सोभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.० हुने अक्षरमा उपलब्धिस्तर सी कायम हुने र उपलब्धिस्तरको व्याख्या ग्राह्य कायम हुनेछ। यसैगरी, ३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धिस्तर डी र उपलब्धिस्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ। यो समाचारनागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - ०७:३०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology