Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शिक्षामन्त्री पौडेलको निर्देशनः १५–१५ दिनमा नतिजा दिनुपर्‍यो नभए कारण चाहियो

शिक्षामन्त्री पौडेलको निर्देशनः १५–१५ दिनमा नतिजा दिनुपर्‍यो नभए कारण चाहियो

दैनिकी न्यूज

२३, पौष २०७८
शिक्षामन्त्री पौडेलको निर्देशनः १५–१५ दिनमा नतिजा दिनुपर्‍यो नभए कारण चाहियो
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखलाई १५–१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका छन्।

शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिएका हुन्।

‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिपोट गर्नुहोस्’ मन्त्री पौडेलले भने, ‘अर्को हप्ता काम गरी नतिजा निस्कने गरी काम हुनपर्यो होइन भने कारण चाहियो।’

मन्त्री पौडेलले ५०औँ वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिए।

‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवाग्राहीको पनि आशा हुन्छ,’ उनले भने, ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस्।’

शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असहाय विद्यार्थीलाई दिने छात्रवृत्ति नरोक्न विभागीय प्रमुखलाई निर्देशन दिए।

‘कुनै पनि छात्रवृत्तिको पैसा फिर्ता हुन भएन,’ मन्त्री पौडेलले भने, ‘छात्रवृत्ति समयमा विद्यार्थीस्तरमा पुग्नुपर्यो फिर्ता हुँदा सन्देश राम्रो जाँदैन।’

मन्त्रालयले बनाएको लक्ष्य पुरा गर्न कर्मचारीमा संकल्प, इच्छा शक्ति र सक्रियता हुनपर्नेमा जोड दिँदै उनले देश बनाउने जनशक्ति उत्पादन गर्ने थलो शिक्षा मन्त्रालय भएको बताए।

‘कमाण्ड कन्ट्रोल हुनुपर्छ, त्यसो भएन भने भद्रगोल हुन्छ,’ मन्त्री पौडेलले भने, ‘समस्या छन् भने सचिवमार्फत ल्याउनुहोस्।’

यस्तै शिक्षा, राज्यमन्त्री बोधमाया यादवले विद्यालयमा समयमा नै पाठ्यपुस्तक पुर्‍याउन अहिलेदेखि नै लाग्नुपर्ने बताइन्।

images
प्रकाशित मिति :पौष २३, २०७८ शुक्रवार - १९:०६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology