Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

खोप अभियान चलाउन माघमा ४ दिन विद्यालय खोल्ने निर्णय

खोप अभियान चलाउन माघमा ४ दिन विद्यालय खोल्ने निर्णय

दैनिकी न्यूज

४, माघ २०७८
खोप अभियान चलाउन माघमा ४ दिन विद्यालय खोल्ने निर्णय
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कोरोनाविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय सरकारले गरेको छ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले खोप अभियान चलाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने उनले बताए।

४ दिन विद्यालय खोल्ने निर्णय भएको भन्दै कोइरालाले सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयन गर्ने बताए।

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै पुस २५ गते सिसिएमसिले गरेको सिफारिस अनुसार माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

 

images
प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - २०:२५:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology