Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मास्क कालोबजारी गरेको आरोपमा दुई औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा दुई औषधि व्यवसायी पक्राउ

दैनिकी न्यूज

५, माघ २०७८
मास्क कालोबजारी गरेको आरोपमा दुई औषधि व्यवसायी पक्राउ
images

काठमाडौं । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अन्सारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने बताइएको छ।

३६ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण
मकवानपुरको सरकारी अस्पताल हेटौँडामा कार्यरत ३६ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

गत बिहीबारदेखि आजसम्म गरिएको पीसीआर परीक्षणमा अस्पतालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिए।
अस्पतालका अनुसार चार चिकित्सक, ११ नर्स र प्रयोगशालामा कार्यरत १३ स्वास्थ्यकर्मी र आठ जना कार्यालय सहयोगी गरी ३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

अस्पताल प्रशासनले मकवानपुरमा कोरोना संक्रमण बढी रहेकाले अत्यावश्यक भए मात्र अस्पतालमा उपचारका लागि आउन अनुरोध गरेको छ। रासस

images
प्रकाशित मिति :माघ ५, २०७८ बुधवार - १५:३२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology