Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बौद्ध दर्शनको सार

बौद्ध दर्शनको सार

दैनिकी न्यूज

१८, बैशाख २०८३
बौद्ध दर्शनको सार
images

राजीव श्रेष्ठ

शान्तिका अग्र​दूत भ​ग​वान बुद्ध​को ज​न्म नेपाल​मै भ​एको हो​ भन्ने कुरा सिद्ध भइसकेको छ। लुम्बिनीमा गरिएको आधुनिकतम् उत्खनन्वाट प्रमाणहरू फेला पारी संयुक्त राष्ट्रसंघीय विश्व सम्पदासूचीमा समेत दतां भइसकेको भगवान् बु द्धको जन्मथलोवारे नै  स्वार्थअनुकूल अनर्गल प्रचार यहींका मान्छेहरूवाट गरिनु विडम्बनाको विषय मात्र नभएर अत्यन्त निर्लज्ज प्रयास पनि हो।

SUnapati.jpeg

कपिलवस्तुको शाक्यवंशीय क्षेत्रीय कुलमा इपु ५६३ मा महाराज शुद्धोदनका राजकुमार पुत्रका रूपमा जन्मिएका सिद्धार्थ गौतमले जीवनको यही तथ्यलाई बुझेर मान्छेको जीवनमा आइपर्ने दुःख मोचन गरी मोक्ष प्राप्त गर्ने मार्ग खोज्न आफ्‌नो सम्पूर्ण सुखसयललाई परित्याग गरे । अनि राजसी ठांटको जीवन छोडेर उनी मोक्षको मार्ग खोज्न हिंडे। यसरी राजकुमार सिद्धार्यले आफ्‌नो गृह त्याग गरेर हिँडेको घटनालाई बौद्ध साहित्यमा ‘महाभिनिष्क्रमण’ का रूपमा चित्रण गरिएको छ। यस घटनापश्चात् नै गौतम बुद्धको महत्त्वपूर्ण हिस्सा सुरु हुन्छ ।

महाभिनिष्कमणपछि सत्य पत्ता लगाउने उद्देश्यले त्यसवेलाका प्रसिद्ध सन्न्यासी आलारकालमको आश्रममा पुगेर उनले ध्यान र तपका वारेमा विविध ज्ञान हासिल गरे। तर, आफूले खोजेको ज्ञानको चित्तबुझ्‌दो उत्तर नभेटेपछि उद्यम रामपुत्र नामक अर्को सन्तकहाँ चेलाका रूपमा रहे। त्यहां पनि जीवनको सत्यको मार्ग पहिल्याउन नसकेको जस्तो महसुस गरी त्यहाँबाट पनि हिंडे। सिद्धार्थको मनमा त्यतिवेलाका ज्ञानी भनाउँदा सन्तहरू नै दुख​को भूम​रीमा छ​न् भन्ने ठानेर उनले मध्यमार्ग अपनाउने विचार गरे। मध्यमार्ग भन्नाले शरीरलाई अति कष्ट नदिनु तर सुख पनि नदिनु भन्ने बुझिन्छ। वौद्धहरू यस प्रक्रियालाई ‘मझिझम प्रतिपदा’ भन्दछन्। यस्तो मध्यमार्ग अपनाउनु सही हो वा गलत भन्ने दुविधामा रहेकै अवस्थामा गौतम बोधगयामा पुगेर ध्यान गर्नथाले। धैर्यको फल मीठो हुन्छ भनेझै एक दिन सुजाता नामकी एउटी पवित्र कन्याले दिएको खीर खाएर एउटा पीपलको रूखमुनि उनी ध्यानमग्न भए । वैशाख​ पुर्णिमाको उक्त​ दिन​को रात्रिको चार प्र​ह​र​मा चार​व​टा आर्य​ स​त्य​को प​तो ल​गाए। ती स​त्य​ हुनः संसार​मा दुःख​ छ​, साँस​रिक मोह​बाट दुःख​को ज​न्म हुन्छ​, दुःख​बाट छुट​कारा पाउन​ स​किन्छ​ र​ दुःख निरोध​को उपाय छ​।उक्त​ उपाय अव​ल​म्ब​न​ ग​र्ने आठ​ व​टा मार्ग​ह​रु प​नि प​हिल्याय्, ज​स​लाई अष्ताँगिक मार्ग​ भ​निन्छ​।

उनको दर्शनवाट प्रभावित भएर त्यसवेलाका साम्राज्यवादी राजाहरूले समेत अशान्ति र हिंसात्मक जीवनलाई चटक्कै त्यागेर उनको उपदेशको पालना गरे भने कैयौं मानिस मोक्षको वाटो पहिल्याउन सांसारिक जीवन छाडेर उनीसँगै भिक्षुको जीवन व्यतीत गर्न थाले। आफूले प्राप्त गरेको ज्ञानलाई प्रचार गर्दै हिंड्ने सिलसिलामा उनी एकै स्थानमा लामो समयका लागि कहिल्यै बसेनन् भने आफ्‌नो शिक्षालाई धार्मिक वा साम्प्रदायिकरूपको संज्ञा पनि दिएनन् । बरु उनले बहुजन हितका खातिर उपदेशना गर्दा मानव कल्याणका लागि गरिने मानवीय सेवा नै धर्म हो भने ।

यसरी मुक्तिमार्गका लागि अथक् प्रयास गरेर ३५ वर्षको उमेरमा पाएको ज्ञानलाई जीवनपर्यन्त मानव हितका निमित्त एक ठाउँवाट अर्को ठाउँमा पैदल यात्रा गर्दै हिंडेर​ ८० वर्षको उमेरमा आफ्‌नो देहलीला समाप्त पारे, जसलाई बौद्ध भाषामा ‘महापरिनिर्वाण’ प्राप्त गरेको भनिन्छ । संयोगवश, भगवान् बुद्धको जन्म, बोधित्व प्राप्ति एवं महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएको थियो।

नमरुञ्जेल मान्छे माया, मोह, वासना एवं सांसारिक बन्धनमा फसेर     दुःख र पीडा भोग्न पुग्छन् । शरीरका इन्द्रियवाट उत्पन्न हुने सुखलाई वास्तविक ठान्नु गलत हुन्छ। किनभने त्यस्तो सुख क्षणिक हुन्छ। शारीरिक सुख निकृष्ट हुन्छ र यसलाई त्याग्न सकिन्छ । तर, भौतिक शरीरलाई कष्ट दिनु पनि मानवोचित कार्य होइन, किनभने यस शरीरकै माध्यमबाट निर्वाणको लक्ष्य हासिल गर्ने यात्रा तय गर्नुपर्दछ ।

वास्तवमा बहुजन हितायका लागि बुद्धले वताउनुभएको उपाय, उपदेश एवं निर्देशनहरूले नै कालान्तरमा बौद्ध धर्मको रूप ग्रहण गरेको हो। स्वयं गौतम बुद्धले आफूलाई कहिल्यै अलौकिक व्यक्तित्व वा भगवान् घोषित गरेका थिएनन् । तसर्थ, वौद्धधर्म अपनाउने व्यक्तिले बुद्धका उपदेशहरूमा अन्तरनिहित मुख्य बुँदाहरूमा विनाकुनै द्वेष, राग अथवा क्लेश शुद्ध चित्तले आत्मसात् गर्न सक्नुपर्दछ ।

समष्टिमा भन्नुपर्दा सवै दुख वा काम-कुराको केन्द्रविन्दु मान्छेको चित्त नै हो। अतः चित्तलाई वशमा राख्नका निमित्त शील, समाधि र प्रज्ञा- यी तीन कुराको ज्ञान हुनु जरुरी छ। शील भन्नाले आफ्‌नो वानी-व्यवहारलाई सदाचारका रूपमा पालना गर्नु हो। खराव आचरण भएको व्यक्तिले अरूलाई पनि दुःख दिन्छ​ । त्यसैले मान्छेमा सदाचार हुनु अत्यावश्यक छ। त्यस्तै समाधि भनेको आफ्‌नो चित्तलाई स्थीर राख्न गरिने प्रयत्न हो। असल काम गरेर जीविकोपार्जन गर्नु र आफूले गरेको राम्रो काममा दृढ रहनु समाधि हो।

images
प्रकाशित मिति :बैशाख १८, २०८३ शुक्रवार - ११:१३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology