Logo

सोमवार, श्रावण २५ गते २०८३

images

त्रिविका रोकिएका परीक्षा फागुन १ देखि सञ्चालन हुने

त्रिविका रोकिएका परीक्षा फागुन १ देखि सञ्चालन हुने

दैनिकी न्यूज

२०, माघ २०७८
त्रिविका रोकिएका परीक्षा फागुन १ देखि सञ्चालन हुने
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ सालको वार्षिक परीक्षाअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान ४ वर्षे बीएस्सी चौथो वर्षको आंशिक तथा नियमिततर्फका परीक्षा फागुन १ गतेदेखि सञ्चालन हुने छन् ।

सञ्चालनकै क्रममा कोरोना सङ्क्रमण बढेपछि परिक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ ९ गतेदेखिको परीक्षा स्थगित गरेको थियो। पनिकाले बुधबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बाँकी परीक्षा फागुन ११ गते सकिनेछ।

स्थगित परीक्षा तालिका सार्वजनिक भएसँगै त्रिविले यसअघि फागुनमा हुने गरी तालिका सार्वजनिक गरिसकेको स्नातक तथा स्नातकोत्तर तहका अन्य वर्षका परीक्षा पनि सोही मितिमा सञ्चालन हुने भएका छन्।

images
प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - ०९:०५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology