Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

दैनिकी न्यूज

२१, माघ २०७८
गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने
images

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो।

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ।

मापदण्ड पूरा गरे÷नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिए।

विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ। रासस

images
प्रकाशित मिति :माघ २१, २०७८ शुक्रवार - १३:४८:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology