Logo

सोमवार, श्रावण २५ गते २०८३

images

१ फागुनबाट विद्यालय खुलाउन सिफारिस

१ फागुनबाट विद्यालय खुलाउन सिफारिस

दैनिकी न्यूज

२३, माघ २०७८
१ फागुनबाट विद्यालय खुलाउन सिफारिस
images

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकालाई सिफारिस गरेको छ ।

सीसीएमसीसीको आइतबारको बैठकले विद्यालय खोल्ने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।


कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले १ माघबाट विद्यालयको भौतिक पठनपाठन बन्द गरेको थियो ।

पहिलो चरणमा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको थियो । त्यसपछि सीसीएमसीसीकै सिफारिसमा माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको थियो ।

सरोकारवालाहरुले पनि विद्यालय खोल्न सरकारलाई आग्रह गर्दै आएका छन् ।

images
प्रकाशित मिति :माघ २३, २०७८ आइतवार - १७:२५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology