काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
बोर्डले बुधबार परीक्षाको समयतालिका सार्वजनिक गरेको हो । परीक्षा वैशाख २० सम्म संचालन हुने छ । परीक्षाको विषयगत समयतालिका भने बिहीबार सार्वजनिक हुने भएको छ ।
यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । यस अघिका बर्षमा चैतमा एसईई परिक्षा हुने गर्थ्यो । कोरोनाले पठनपाठनमा असर गरेका कारण यस बर्ष चैतभर कक्षा सञ्चालन गरेर वैशाख परीक्षा गर्न लागिएको हो । कोभिडका कारण गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो ।