काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्द संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी स्वत निलम्बनमा परेका छन्। संसद् सचिवालयमा संविधानको धारा १०१ को उपधारा २ बमोजिम आइतबार बिहान प्रधानन्यायाधीशविरुद्द महाअभियोग प्रस्ताव दर्ता भएको हो।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जवरा पदबाट स्वतः निलम्बनमा परेका छन्।
नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ ।