Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव

सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव

दैनिकी न्यूज

४, फाल्गुण २०७८
सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव
images

काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए। उनले भने( ुफागुनदेखि शैक्षिक सत्र सुरु भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिक सत्र हुनसक्छ रुु

गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै उनले २०८० सालदेखि मात्रै वैशाखमै सुरु गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे । उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै भौतिक रूपमा करिब ९० दिन मात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ। उनले विद्यालय खुलिसकेको अवस्थामा चेतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा दिएर भर्नाको तयारी गरी जेठबाट शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । 

images
प्रकाशित मिति :फाल्गुण ४, २०७८ बुधवार - ०६:४३:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology