ललितपुर । बौद्ध शिक्षा विस्तार मैत्री धर्म दिप केन्द्रको आयोजनामा जेसुम खाण्डो रिम्पोछे र आचार्य पाल्साङ नोर्बु तामाङद्वारा स्कुल ब्याग र स्टेशनरी सामान वितरण गरिएको छ । साथै शिक्षकहरूलाई डायरी र कलम माया वितरण गरिएको छ ।
ललितपुरको दक्षिण ललितपुरको बागमती गाउँपालिका वडा नं ७ गिम्दीका सोभानी आधारभूत बिद्यालय, काउसे आधारभुत विद्यालय, थुम्की आधारभुत विद्यालय, वालभैरव आधारभुत बिद्यालय, साहुमारा आधारभुत विद्यालय, मोचेडाँडा वालविकास केन्द्रमा फागुन १२ र १३ गते वितरण गरिएको कार्यक्रमको संयोजक कृष्णबहादुर बलले बताए ।
उनका अनुसार यस क्रार्यक्रमबाट १६० जना विद्यार्थी र २० जना शिक्षक लाभान्वित भएका थिए ।
यस क्रार्यक्रमबाट शिक्षाको गुणस्तर सुधार हुनुको साथै बीचैमा विद्यार्थीहरुले पढाई छोड्ने समस्याको अन्त्य हुने आयोजकको अपेक्षा रहेको छ ।



