Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छः शिक्षामन्त्री पौडेल

शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छः शिक्षामन्त्री पौडेल

दैनिकी न्यूज

२५, फाल्गुण २०७८
शिक्षक महासंघको सहमति कानुनअनुसार कार्यान्वयन हुन्छः शिक्षामन्त्री पौडेल
images

धादिङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुनअनसार कार्यान्वयन गर्ने बताएका हुन । धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघ सँग गरेको सहमति संघीयता विरोधी नभएको बताएको हो ।

‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरु उठेका छन्’ मन्त्री पौडेलले भन्नुभयो, ‘संघीयताको मर्मअनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’

संविधान अनुसार अधिकार दिने विषयमा आफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको बताए ।

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताए ।

‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’ मन्त्री पौडेलले भने, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’

images
प्रकाशित मिति :फाल्गुण २५, २०७८ बुधवार - २१:१३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology