Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

दैनिकी न्यूज

२५, चैत्र २०७८
चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द
images

काठमाडौं । काठमाडौंको मुटु भनेर चिनिने नयाँ सडकबाट सय मिटरको दूरीमा रहेको केशचन्द्र आधारभूत विद्यालय यसै वर्ष शून्य विद्यार्थी भएका कारण सरकारले बन्द गर्‍यो। सोही कारण बन्द भएको अर्को स्कुल हो तारिणी आधारभूत विद्यालय। यो विद्यालय पनि काठमाडौंको मुख्य क्षेत्र भनेर चिनिने मखनटोलमा थियो। दुई दशकअघिसम्म यी विद्यालयमा स्थानीयका बालबालिका भरिभराउ हुन्थे।

यसैगरी नक्सालमा रहेको आदर्श आधारभूत विद्यालय गत वर्षदेखि बन्द भयो। बालमन्दिर क्षेत्रमा रहेको यो विद्यालयमा विद्यार्थी शून्य भएपछि बन्द गरिएको हो। बालमन्दिर क्षेत्रमा पर्ने यो विद्यालय महिला तथा बालबालिका मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको हो।

आधारभूतमात्र होइन, विगतमा राम्रा कहलिएका र स्थानीयलाई विद्यालय नभइ नहुने अवस्थामा उनीहरूको जग्गादानबाट स्थापित ऐतिहासिक विद्यालय समेत पछिल्लो समय विद्यार्थी नभएपछि बन्द गर्नुपर्ने अवस्था आयो। वसन्तपुर क्षेत्रको कान्तिईश्वरी माध्यमिक विद्यालय यट्खा र कन्या माध्यमिक विद्यालय यट्खा यसकै उदाहरण हुन्।

यी विद्यालयलाई खारेज गरिएको काठमाडौं महानगरपालिका शिक्षा विभागका सरकारी विद्यालय शाखा प्रमुख मोतिप्रसाद भट्टराईले बताए। काठमाडौं महानगरपालिकाभित्र मात्र होइन, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २०७४ सालपछि देशभरिमा गरी ७ सय २९ विद्यालय बन्द भएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - ०६:४६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology