Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंका विद्यालय अनुगमन गर्दै शिक्षामन्त्रीले भने – सार्वजनिक शिक्षा सुधारको अभियान शुरू भयो

काठमाडौंका विद्यालय अनुगमन गर्दै शिक्षामन्त्रीले भने – सार्वजनिक शिक्षा सुधारको अभियान शुरू भयो

दैनिकी न्यूज

१, बैशाख २०७९
काठमाडौंका विद्यालय अनुगमन गर्दै शिक्षामन्त्रीले भने – सार्वजनिक शिक्षा सुधारको अभियान शुरू भयो
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिएका छन् । बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयहरूको अनुगमन गर्ने क्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेकाले त्यसका निम्ति सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री पौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा नलिइ न्युनतम शुल्कमा पढाउनुपर्नेमा जोड दिनुभयो । सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘नेपालमा सार्वजनिक विद्यालयहरूको स्थिति खस्केको छ, गुणस्तर छैन भन्ने जुन प्रकारको चर्चा, परिचर्चा चल्ने गरेको छ । त्यसको सुधार गरेर हामीले त्यो चर्चालाई प्रत्युत्तर दिनु छ । त्यसको निम्ति हामीले भौतिक पूर्वाधारमा सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार । यी तिन प्रकारका सुधार गरेर सार्वजनिक विद्यालयहरुलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा मन्त्रालय लागेको छ ।’
उहाँले सार्वजनिक सुधारको अभियान काठमाडौं महानगरपालिकाबाट शुरु भएको समेत उल्लेख गर्नुभयो । नीजि क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जानुपर्नेमा उहाँको जोड रहेको छ । ‘खाली उहाँहरुलाई राज्यको कानून, राज्यले तोकेका कतिपय प्रक्रिया र प्रणालीभित्र रहेर लिइएको शुल्कलाई अधिकतम नगरीकन न्यूनतम शुल्कमा पढाउने र शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा होइन कि सेवा दिने संस्थाको रुपमा निजीले गर्नुस् भनेर उहाँहरुलाई हामीले भनेका छौँ । त्यसो भएर हामी नीजि र सार्वजनिकलाई जुधाउने होइन, नीजि र सार्वजनिकलाई सँगै लैजाने र निजीलाई ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो । उहाँले कम्तिमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री पौडेलले सार्वजनिक सुधार मन्त्रालयको प्राथमिकतमा रहेको बताउँदै आगामी आर्थिक वर्षमा शिक्षामा बजेट वृद्धि हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

 

images
प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - ०९:०७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology