Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन

पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन

दैनिकी न्यूज

८, बैशाख २०७९
पुराना प्रश्नपत्र अभ्यास गरेर उत्तीर्ण हुन कठिन
images

काठमाडौं । पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ८, १० र १२ का लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैङ्क निर्माण गर्दै छ । बोर्डले बुधबार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भने, “स्तरीकृत प्रश्नपत्रको बैङ्कमा सयौँ नमुना प्रश्नपत्र समावेश हुनेछ । पलिका वा प्रदेशको पहुँच प्रश्न बैङ्कमा पुर्‍याइनेछ । उनीहरूले त्यहीँबाट इच्छाअनुसार प्रश्नपत्र तयार गर्न सक्नेछन् ।” उनले कम्तीमा पाँच वर्षसम्म प्रश्न दोहोरिन नदिने बताए । यसबाट पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने दाबी गरिएको छ ।

बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र कक्षा १२ मा तथा आगामी शैक्षिक सत्र २०८० बाट कक्षा ८ मा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ । स्तरीकृत प्रश्नपत्रका कारण पालिका र प्रदेशको प्रश्नपत्र समानस्तरको हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - ०७:१२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology